भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बढ्न थाले पर्यटक

बढ्न थाले पर्यटक

खप्तड । कोभिड १९ ले परेको पर्यटन क्षेत्र विस्तारै उकासिन थालेको छ । पछिल्ला दिनमा पर्यटक आगमनमा सुधार देखिन थालेको छ।

कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सुधार हुन थालेको हो ।

अन अराइभल भिसा व्यवस्था गरेसँगै पर्यटक आगमनमा सकारात्मक संकेत देखिएको नेपाल पर्यटन बोर्ड पुनउत्थान समितिका वागमति प्रदेश सदस्य रामसुन्दर बकेले बताए । पर्यटन क्षेत्र सुधारका लागि सरकारले सहयोग गरेको व्यवसायीको भनाइ छ।

विदेशी पर्यटकको संख्या थोरै भएपनि आन्तरिक पर्यटकले भने दोब्बर ठाँउ ओगटेको छ। सन् २०२० सेप्टेम्बरमा नेपालमा जम्मा ५ सय ८४ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

२०२१ सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी भित्रिएका छन् । अन अराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको देखिएको छ । अहिले नेपाल आउनका लागि अनुकूल वातावरण मिलेकाले आगमन बढ्न थालेको व्यवसायीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.