भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

बलात्कार आरोपितलाई आठ वर्ष कैद

बलात्कार आरोपितलाई आठ वर्ष कैद

सप्तरी । एक बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले आठ वर्ष कैद सजाय गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो । २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

आरोपितलाई आठ वर्ष कैद सजायका साथै १० हजार जरिवानाको फैसलासमेत भएको जानकारी दिए । शम्भुनाथ नगरपालिका–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका आरोपितले १३ वर्षिया बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७४ फागुन २० गते उजुरी दिएकी थिइन् ।

पटक–पटक आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको पीडितकी आमाले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.