काठमाडौं । मन्त्रिपरिषद बैठकले २५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ । धबार बसेको मन्त्रिपरिषद् बैठकले २५ वटा अतयावश्यक सेवाहरुमा हड्ताल गर्न नपाउने स्वीकृति सहित सेनाको बढुवा सम्बन्धी निर्णय गरेको हो ।
यसअघि राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको सूची सूची ६ महिना पूरा भएकाले पुनः राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको हो । पहिलेको सूचीमा ह्याण्ड स्यानिटाइजर बनाउने उद्योग, मास्क बनाउने उद्योग आदिलाई पनि अत्यावश्यक सेवा अन्तरगत पारिएको छ ।
मन्त्रिपरिषद बैठकले नेपाली सेनाका सहायकरथी सन्तोषकुमार ढकालसहित चार जना सेनानीहरुको बढुवा र सुरुवासम्बन्धी निर्णय गरेको हो । केही मन्त्रालयका नियमित प्रस्तावबाहेक अरु खासै निर्णयहरु मन्त्रिपरिषदबाट नभएको स्रोतले जनाएको छ । बैठकले मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जना गर्ने निर्णयसमेत समेत गरेको छ ।
