भर्खरै : Sorry, your browser does not support inline SVG.

बाजुरामा भूकम्प

बाजुरामा भूकम्प

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।

भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।

 


Thali Mobile Pvt.Ltd.