भर्खरै : Sorry, your browser does not support inline SVG.

विश्वकप फुटबललाई नेपालीले हेर्न नपाउने

विश्वकप फुटबललाई नेपालीले हेर्न नपाउने

काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने भएका छन् ।

फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको हो ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाइएको छ ।

विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला यस्तो आदेशले तयारी रोक्नुपर्ने अवस्था आएको मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल बताए ।

मिडिया हबले विश्वकप देखाउन नसक्दा नेपालभित्र अन्य कुनै पनि माध्यमबाट विश्वकप हेर्न पाउने अवस्था हुने छैन ।

यसपटक नेपालभित्र कुनै पनि विदेशी च्यानलले कुनै पनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.