भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

समानुपातिकमा कुन दलले कति ? एक करोड ३ लाख ९२ हजार मतगणना सकियो

समानुपातिकमा कुन दलले कति ? एक करोड ३ लाख ९२ हजार मतगणना सकियो

काठमाडौं । प्रतितिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको मतगणना जारी छ । बिहानसम्म एक करोड ३ लाख ९२ हजार मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । यता प्रत्यक्षतर्फ भने तीन वटा मात्र क्षेत्रको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

समानुपातिकमा नेकपा एमालेले पहिलो भएको छ भने अझै अग्रता कायमै राखेको छ । एक करोड ३ लाख ९२ हजार ९३४ मत सदर हुँदा नेकपा एमालेले २७ लाख ७९ हजार ७६ मत ल्याउँदै पहिलो स्थानमा छ। यस्तै २६ लाख ४८ हजार ४१ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ उसले ११ लाख ६१ हजार ४०८ मत ल्याएको छ।

यस्तै ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ८६ हजार २७ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाएको छ।

यस्तै जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मत ल्याएको भने आठौं नम्बरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार ८३ मत पाएको छ । यता नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७८ मत पाएको छ। जम्ममा एक करोड ९ लाख जति मत खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.