समानुपातिकमा कुन दलले कति ? एक करोड ३ लाख ९२ हजार मतगणना सकियो

समानुपातिकमा कुन दलले कति ? एक करोड ३ लाख ९२ हजार मतगणना सकियो image

काठमाडौं । प्रतितिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको मतगणना जारी छ । बिहानसम्म एक करोड ३ लाख ९२ हजार मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । यता प्रत्यक्षतर्फ भने तीन वटा मात्र क्षेत्रको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

समानुपातिकमा नेकपा एमालेले पहिलो भएको छ भने अझै अग्रता कायमै राखेको छ । एक करोड ३ लाख ९२ हजार ९३४ मत सदर हुँदा नेकपा एमालेले २७ लाख ७९ हजार ७६ मत ल्याउँदै पहिलो स्थानमा छ। यस्तै २६ लाख ४८ हजार ४१ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ उसले ११ लाख ६१ हजार ४०८ मत ल्याएको छ।

यस्तै ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ८६ हजार २७ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाएको छ।

यस्तै जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मत ल्याएको भने आठौं नम्बरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार ८३ मत पाएको छ । यता नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७८ मत पाएको छ। जम्ममा एक करोड ९ लाख जति मत खसेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda