भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

बाढीमा पुरिएर एकको मृत्यु, दुई जना बेपत्ता

बाढीमा पुरिएर एकको मृत्यु, दुई जना बेपत्ता

दार्चुला । दुहूँ गाउँपालिकामा आइतबार आएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् । गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महराको ज्यान गएको छ ।

उनका श्रीमती कौशीदेवी महरा बेपत्ता भएकी छिन् । श्रीमान् श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएको र नरसिंह महरा भने फेला परिसकेको आफन्त आनसिंह महराले बताए ।

बाढी पहिरोले तीन ओटा घरमा पूर्ण क्षति गरेको छ भने एक दर्जन बढी घरहरुमा आंशिक क्षति भएको स्थानीयले बताए । तीन ओटा झोलुंगे पुलहरु तथा एउटा आरसिसि पुल पनि बगाएकाले आवतजावत गर्न समस्या भइरहेको प्रहरीले भनाइ छ ।

उद्वारका लागि घटनास्थलसम्म पुग्न समेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए ।

 


Thali Mobile Pvt.Ltd.