२७ असार २०७७ काठमाडौं । देशका विभिन्न ठाँउमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुगेको छ भने ६० जना हराईरहेका छन् ।
बाढीपहिरोले देशभर नित्याईरहेको वितण्डालाई मध्यनजर गरि सरकारले पाँचवटा हेलिकप्टर स्ट्याण्डमा राखेको जनाएको छ । बाढी र पहिरोका कारण ७१ परिवारले विस्थापित हुनु परेको छ ।
जाजरकोट, कास्की, लमजुङ, म्याग्दी, सिन्धुपाल्चोक, रुकुम, गुल्मी, म्याग्दीको घटनालाई हेरेर बाढीपहिरोबाट दुई करोडबढीको धनमाल क्षति भएको छ । अविरल वर्षासँगै आएको पहिरोले ठूलो क्षेती पु¥याएको हो ।
