भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

म्याग्दी पहिरोले १२ को ज्यान लियो, तनहुँमा ४३ घरपरिवार सुरक्षित स्थानमा सारियाे

म्याग्दी पहिरोले १२ को ज्यान लियो, तनहुँमा ४३ घरपरिवार सुरक्षित स्थानमा सारियाे

२७ असार २०७७ काठमाडौं । म्याग्दीको मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा परेका १२ जनाको शव फेला परेको छ । पहिरोमा मराङको कल्लेनीमा तीन, राम्चेमा १०, रिखमा सात, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका थिए । ठूलोगाउँका २ जनाको शव भेटिएको स्थानीयले बताएका छन् ।

प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भयो भने सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले आज बिहानसम्म सुरक्षाकर्मी पठाइएको छ । चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ ।

घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पुर्‍याउने तयारी भएको बताए ।

तनहुँका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सेतीमा पानीको बहाव एक्कासि बढेपछि ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । पानी परिरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा लैजानसमेत कठिनाइ भएको छ ।

 


Thali Mobile Pvt.Ltd.