भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

साइबर व्यूरो भन्छ, ‘बालबालिका चोरी अफवाह मात्रै हो’

साइबर व्यूरो भन्छ, ‘बालबालिका चोरी अफवाह मात्रै हो’

काठमाडौं । पछिल्लाे समय बालबालिका चाेरीका समाचार बाहिरिन थालेपछि सजग रहन भन्दै नेपाल प्रहरीले बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । साइबर व्यूरोले एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको बताएको छ ।

भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने ब्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण भएको व्यूराेले जनाएकाे छ ।

प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट उजूरी, सूचना प्राप्त नभएको साइबर व्यूरोका प्रवक्ता पशुपति कुमार रायले बताए ।व्यूरोले त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ ।

कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सबैमा अनुरोध गरेको छ । सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यूरोले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.