भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बालिकालाई मार्ने धम्की दिएर बलात्कार गरेकाे अभियोगमा एक जना पक्राउ

बालिकालाई मार्ने धम्की दिएर बलात्कार गरेकाे अभियोगमा एक जना पक्राउ

२१ असार काठमाडौं । बानियाँटारकी दुई बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बालिकालाई मार्छु भन्दै धम्की दिएर पटक पटक बलात्कार गरेको अभियोगमा अर्जुन शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

कसैलाई भनिस भने परिवारको हत्या गरिदिन्धु भन्दै धम्की दिएर करणी गरेको १२ वर्षीया र १४ वर्षीया पीडित बालिकाले बताएकी छन् । डराएर बालिकाले बुबाआमालाई बताएपछि न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा निवेदन दिए। घटना संवेदनशील भएकाले महिला डीएसपीलाई खटाएर घटनाको अनुसन्धान थालियो । बालिकालाई एक वर्ष अघिदेखि यौन शोषण गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

दिदीलाई बलात्कार गरेको र आफुलाई पनि मार्ने धम्की दिएर दुर्व्यवहार गरेपछि घटना आमाबुवाकहाँ पुगेको हो । आमाबुवालाई मारिदिन्छु भन्दै अनैतिक कृयाकलाप गरेकाले छोरीले डरका कारण आफुलाई नभनेको पीडित बालिकाकी आमाको भनाई छ । आमाबुबा काममा गएका बेला शिवकोटीले पटक पटक यौन दुर्व्यवहार गर्ने गरेको खेलेको छ ।

 


Thali Mobile Pvt.Ltd.