काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
महानगरको मेयरमा बालेन शाह विजयी घोषणा हुने पक्का भएको छ ।
त्यसको खुसीयालीमा अहिले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभागृह अगाडि बालेनका समर्थक र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् ।
बालेनको विजय घोषणालगत्तै धन्यवाद र्यालीको तयारी गरिएको छ ।
