भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

जनताले दिएको विश्वासलाई निरासामा परिणत हुन दिदैनौं : मेयर खत्री

जनताले दिएको विश्वासलाई निरासामा परिणत हुन दिदैनौं : मेयर खत्री

भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सल्लाघारी चाँगुनारायण सडक खण्ड एक वर्ष भित्र कालोपत्रे गर्न आफूहरु लागि पर्ने बताएका छन् । मेयर खत्रीले चाँगुनारायण नगरपालिका वडा नम्वर १,२,३ र ४ जोड्ने मुल सडक एक वर्षभित्र कालोपत्रे गर्ने विहीबार दुवाकोट केएसी चोकमा ढल निकाकस व्यवस्थापन कार्यको शिलान्यासगर्दै बताएका हुन ।

उनले भने “बाटो पहिला नै सम्पन्न हुनु पर्ने हो तर विभिन्न प्राविधिक कारणले सम्पन्न हुन सकेको छैन यसलाई निरन्तरता दिँदै बाटो छिटो भन्दा छिटो सम्पन्न गर्न आफूहरु अहोरात्र खट्ने छौं” ।

उनले ढल निकासको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै नगरमा समस्याको रुपमा रहेको डुुवान र सडकक कटानको समस्याबाट क्षतीको न्यूनिकरण गर्न र पहिरो नियन्त्रण गर्न सबै मिलेर निकास निकाल्नु बताए ।

सचेत नागरिकको सहयोगले नगरपालिका बन्ने भन्दै उनले सबैलाई हातमा हात मिलाउन आग्रह गरे । उनले जनताले गरेको विश्वासलाई निरासामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

 

 


Thali Mobile Pvt.Ltd.