चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ८० वर्षका एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी दिलबहादुर गुरुङ रहेका छन् ।
जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दिलबहादुरले छ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरि थप अनुसन्धान भइरहेको जि प्र का चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
