भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

बेइजिङमा आज दुई प्रधानमन्त्रीबीच वार्ता

बेइजिङमा आज दुई प्रधानमन्त्रीबीच वार्ता

काठमाडौं । नेपाल–चीनबीच विश्वासको वातावरण तयार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भएको भेटवार्तापछि पारस्परिक हितका विषयमा खुलेरै छलफल भएको सुनाए ।

प्रधानमन्त्री प्रचण्डले सबैको मिहिनेतले विश्वासको वातावरण तयार भएको भन्दै प्रधानमन्त्रीले भने, ‘नेपाल–चीन सम्बन्धका आयाम व्यापक छन् र ती विकसित हुँदै जान्छन् भन्ने विश्वास लिएको छु ।’ राष्ट्रपति सीसँग हाङझाउको वेस्ट लेक स्टेट गेस्टहाउसमा शनिबार एक घन्टा भेटवार्ता भएको थियो ।

नेपाल–चीन सम्बन्ध सदिऔँ पुरानो भएको र सम्बन्धको गहिराइलाई विश्वमा तथा क्षेत्रीय र राष्ट्रिय परिवेशमा आएका परिवर्तनले कहिल्यै फरक नपारेको स्मरण गरे । ०७२ मा संविधान जारी गरिसकेपछि नेपालमा दुईपटक निर्वाचन सम्पन्न भइसकेको उल्लेख गर्दै अब सरकारको ध्यान स्वाभाविक रूपमा र आवश्यकताले आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थियो । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.