भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

झापाको चाउचाउ उद्योगमा आगलागी

झापाको चाउचाउ उद्योगमा आगलागी

झापा । चीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको प्रहरीको भनाइ छ ।

आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताए । आगो अझै नियन्त्रणमा आइनसकेको उनको भनाइ छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन्। एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको छ ।

आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बताए। आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए।

आगो चारैतिर फैलिएको हुनाले नियन्त्रण गर्न गाह्रो भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए।

 


Thali Mobile Pvt.Ltd.