भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैठक कक्षबाटै वडा अध्यक्षलाई गलहत्याएपछि

बैठक कक्षबाटै वडा अध्यक्षलाई गलहत्याएपछि

मोरङ । पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट गलहत्याएका छन् । वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे ४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर गलहत्याएका हुन् ।

गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरेका थिए ।

हिसाव नदेखाएपछि बैठकअघि बढ्न नदिने भनेपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेर छलफल सुरु गरेका थिए ।

भण्डारीले भने, पालिका भित्र भएको अनियमितताको हिसाब देखाउनु को सट्टा नगरप्रहरी लगाएर मलाई बाहिर निकाले । हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै भण्डारीले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका छन् ।

अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेको अध्यक्षको भनाइ छ । पालिकामा अझै अनियमितता भइरहेको उनको दावी छ ।

गोष्ठीमा वडा अध्यक्षले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.