भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया आक्रोशित

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया आक्रोशित

एजेन्सी । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास सुरु भएकोप्रति उत्तर कोरिया आक्रोशित बनेको छ । संयुक्त सैन्य अभ्यास विरुद्ध सोमबार उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित भन्ने गरेको छ ।

उत्तर कोरियाले गत शुक्रबार मात्रै पानीमुनि प्रहार गर्न सक्ने ड्रोन परीक्षण गरेको थियो । सोमबार बिहानै पूर्वी समुद्री तटतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी आक्रोश ब्यक्त गरेको हो । दक्षिण कोरियाली सैन्य प्रमुख र जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार पुष्टि गर्दै उसका गतिविधि नजिकबाट नियालेको जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.