भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया आक्रोशित

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया आक्रोशित

एजेन्सी । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास सुरु भएकोप्रति उत्तर कोरिया आक्रोशित बनेको छ । संयुक्त सैन्य अभ्यास विरुद्ध सोमबार उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित भन्ने गरेको छ ।

उत्तर कोरियाले गत शुक्रबार मात्रै पानीमुनि प्रहार गर्न सक्ने ड्रोन परीक्षण गरेको थियो । सोमबार बिहानै पूर्वी समुद्री तटतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी आक्रोश ब्यक्त गरेको हो । दक्षिण कोरियाली सैन्य प्रमुख र जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार पुष्टि गर्दै उसका गतिविधि नजिकबाट नियालेको जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.