भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ब्राउन सुगरको किनबेचमा संलग्न ६ जना पक्राउ

ब्राउन सुगरको किनबेचमा संलग्न ६ जना पक्राउ

काठमाडौं । ब्राउन सुगरको किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा डेरा गरी बस्ने सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया शरस्वती गुरुङले कोठाबाट ब्राउन सुगरको कारोबार गर्ने गरेको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

लागुऔषध बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा गुरुङको कोठामा प्रहरीले छापा मारेको थियो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले खानतलासी गर्दा कोठाबाट १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र किनबेचका क्रममा तौल लिन प्रयोग गरिने डिजिटल तराजु बरामद गरेको छ ।

कोठामा ब्राउन सुगर फेला परेपछि प्रहरीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.