भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन भव्यताकासाथ मनाइदै

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन भव्यताकासाथ मनाइदै

काठमाण्डौ । आज कुशे औँसी । यस दिनलाई बुबाको मुख हेर्ने दिन भनिन्छ । आजको दिन जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण गर्ने परम्परा छ । आज काठमाण्डौको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पणगर्नेको घुइँचो लागेको छ ।

गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले मातृकूल, पितृकूल, बन्धु–ससुराली कूलादि सय कूलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ । आज सनातन वैदिक हिन्दु धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आज नेपाली साहित्यका युगकवी मोतीराम भट्टको १५२औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण औँसी अर्थात कुशे औँसीका दिन जन्मिएका मोतीरामको विक्रम संवत् १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.