भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी । शनिवार ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै गरेको दुर्घटनाग्रस्त विमान एउटा सानो प्रोपेलर विमान हो । अमेजोनासको सुरक्षा अधिकारी विनिसियस अलमेडाले भने, ‘सानो विमानका पाइटल भारी वर्षाका बीच सहर नजिकै पुगेको थियो, त्यति बेला त्यहाँ भिजिबिलिटी निकै कम थियो ।’थियो जुन थियो ।

अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । प्रदेशका गभर्नर विल्सन लिमाले सोसल मिडिया साइट एक्समा लेखेका छन्, ‘दुर्घटना लगत्तै हाम्रो टोली राहत कार्यमा संलग्न छ । उनीहरुले सबै आवश्यक मद्दत प्रदान गरिरहेका छन् ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार मानुस एरोटेक्सी एयरलाइनले एक बयान जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । यद्यपि, एयरलाइनले दुर्घटनामा मारिएकाबारे कुनै पनि जानकारी दिएको छैन ।

‘अनजानमा उनले धावनमार्गको बीचमा अवतरण गर्ने कोसिस गरेको जस्तो देखिन्छ । यसै कारण विमान पूर्णरुपमा अवतरण हुनुअघि नै रनवेको स्ट्रिप सकियो र विमान दुर्घटनाको सिकार भयो ।’ समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए जो बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थियो ।

 

 


Thali Mobile Pvt.Ltd.