भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी । शनिवार ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै गरेको दुर्घटनाग्रस्त विमान एउटा सानो प्रोपेलर विमान हो । अमेजोनासको सुरक्षा अधिकारी विनिसियस अलमेडाले भने, ‘सानो विमानका पाइटल भारी वर्षाका बीच सहर नजिकै पुगेको थियो, त्यति बेला त्यहाँ भिजिबिलिटी निकै कम थियो ।’थियो जुन थियो ।

अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । प्रदेशका गभर्नर विल्सन लिमाले सोसल मिडिया साइट एक्समा लेखेका छन्, ‘दुर्घटना लगत्तै हाम्रो टोली राहत कार्यमा संलग्न छ । उनीहरुले सबै आवश्यक मद्दत प्रदान गरिरहेका छन् ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार मानुस एरोटेक्सी एयरलाइनले एक बयान जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । यद्यपि, एयरलाइनले दुर्घटनामा मारिएकाबारे कुनै पनि जानकारी दिएको छैन ।

‘अनजानमा उनले धावनमार्गको बीचमा अवतरण गर्ने कोसिस गरेको जस्तो देखिन्छ । यसै कारण विमान पूर्णरुपमा अवतरण हुनुअघि नै रनवेको स्ट्रिप सकियो र विमान दुर्घटनाको सिकार भयो ।’ समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए जो बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थियो ।

 

 


Thali Mobile Pvt.Ltd.