भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरका आइसोलेसन अनुगमनमा संसदीय उपसमिति, सरकारी मापदण्ड भन्दा राम्राे व्यवस्थापन भएकाे निष्कर्ष

भक्तपुरका आइसोलेसन अनुगमनमा संसदीय उपसमिति, सरकारी मापदण्ड भन्दा राम्राे व्यवस्थापन भएकाे निष्कर्ष

काठमाडौं । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुर खरिपाटीस्थित कोरोना सङ्क्रमित राखेको आइसोलेसन सेन्टर र नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ ।

संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको अनुगमन गरेको हो । कोरोना सङ्क्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताईन् ।

अनुगमनको क्रममा आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड भन्दा राम्रो भइरहेको अनुगमन उपसमिति संयोजक श्रेष्ठले बताए । कोरोना ‘हब’को रूपमा रहेको भक्तपुर अस्पताल पिसीआर मेसिन उपलब्ध गराइदिन अनुगमन टोलीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. प्रेमराज ज्ञवालीले अनुरोध गरे ।

आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिईन् । आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना परीक्षणका लागि पिसीआर मेसिन नहुँदा नतिजाका लागि धेरै दिन कुर्नु पर्ने बाध्यता रहेकोले चाँडो भन्दा चाँडो मेसिनको व्यवस्था गरिदिन गौतमले आग्रह गरिन् ।

 


Thali Mobile Pvt.Ltd.