भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

भक्तपुरमा एमालेको विकल्प कांग्रेस हुनै सक्दैनः महेश बस्नेत

भक्तपुरमा एमालेको विकल्प कांग्रेस हुनै सक्दैनः महेश बस्नेत

भक्तपुर । आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भुकम्प ल्याउने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले दावी गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्र निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसका नेता तथा कार्यकर्ता एमालेको समर्थनमा रहेको जिकिर गरे ।

कांग्रेसका हजारौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भन्दै भक्तपुरबाट कांग्रेसको सपोटमा ४०औं वर्ष एमालेले नेतृत्व गर्ने अवस्था आएको बताए । देशभर कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने भन्दै कांग्रेसमा पिडित भएकाहरु सबै एमालेमा प्रवेश गरेको बताए ।

भक्तपुरका जनताका लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने ठोकुवा गरे । निर्वाचनमा कांग्रेसले ठूलो पराजय व्यहोर्ने भविष्यवाणी समेत बस्नेतले गरेका छन् । गठबन्धनका उम्मेदवारहरुको कुनै चुनावी एजेण्डा नै नभएको उल्लेख गर्दै भ्रम फैलाउने बाहेक गठबन्धनले अरु केही नगरेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभाका समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतले धारणा राअ‍ेका थिए ।

 


Thali Mobile Pvt.Ltd.