भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा एमालेको विकल्प कांग्रेस हुनै सक्दैनः महेश बस्नेत

भक्तपुरमा एमालेको विकल्प कांग्रेस हुनै सक्दैनः महेश बस्नेत

भक्तपुर । आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भुकम्प ल्याउने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले दावी गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्र निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसका नेता तथा कार्यकर्ता एमालेको समर्थनमा रहेको जिकिर गरे ।

कांग्रेसका हजारौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भन्दै भक्तपुरबाट कांग्रेसको सपोटमा ४०औं वर्ष एमालेले नेतृत्व गर्ने अवस्था आएको बताए । देशभर कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने भन्दै कांग्रेसमा पिडित भएकाहरु सबै एमालेमा प्रवेश गरेको बताए ।

भक्तपुरका जनताका लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने ठोकुवा गरे । निर्वाचनमा कांग्रेसले ठूलो पराजय व्यहोर्ने भविष्यवाणी समेत बस्नेतले गरेका छन् । गठबन्धनका उम्मेदवारहरुको कुनै चुनावी एजेण्डा नै नभएको उल्लेख गर्दै भ्रम फैलाउने बाहेक गठबन्धनले अरु केही नगरेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभाका समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतले धारणा राअ‍ेका थिए ।

 


Thali Mobile Pvt.Ltd.