भक्तपुर । भक्तपुर अस्पतालमा कार्यरत कार्यालय सहयोगीहरु रुदै न्यायको माग गरिरहेका छन् । आफूसंगै भर्ना भएका करार कर्मचारीहरुको जागिर सुरक्षित र संगैका ६ जना कर्मचारीको जागिर श्रावण १ गते देखि चट भएपछि उनीहरुले रुदै न्यायको माग गरेका हुन । कोरोनाको कहरमा आफूहरुले ज्यानको बाजी राखेर काम गरेपनि अहिले आएर आफूहरुलाई हटाउने कुरा जायज नभएको उनीहरुको भनाई छ । भक्तपुर अस्पताले श्रावण १ गतेदेखि आफूहरुलाई अस्पालमा आउनु पर्दैन भनेकाले आफू चिन्तीत भएको र आफूहरुले हाजिर गरिहेको समेत बताए ।
भक्तपुर अस्पतालमा कार्यरत करार सबै कर्मचारी हटाउने भए आफूहरु पनि सहर्ष स्वीकार्दै घर जाने उनीहरुले बताए । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०७९ असार २८ गते पठाएको पत्र अनुसार २०७९ साल जेष्ठ मसान्त अघि करार सम्झौता भएका करार सेवामा÷अस्थायी दरबन्दीमा कार्यरत सम्पूर्ण कर्मचारी (स्थायी दरबन्दीमा कार्यरत करार र अस्पताल व्यवस्था समिति करार बाहेक) सबैलाई हटाउने मन्त्रालयको निर्णय भए पनि ६ जनालाई मात्रै किन यो निर्णय लागु भयो भन्दै कार्यालय सहयोगीहरुको प्रश्न रहेको छ ।
२०७८ बैशाख १ गते मन्त्रालयले गरेको निर्णयका आधारमा लिएका १६ जना करार कर्मचारी सुरक्षित हुन सक्ने, २०७९ साल जेष्ट महिनामा भर्ना गरिएका कर्मचारीहरु सरकारका उच्च अधिकारीका छोरी, नेताका आफ्ना मान्छे सुरक्षित हुने तर हामी ६ जना कर्मचारी मात्रै असुरक्षित हुने कुरा न्याय संगत नभएको बताउँदै उनीहरुले कोरोना कहरको वेला भर्ना गरिएका ६० प्रतिशत कर्मचारीहरु मध्ये ६ जना कर्मचारीहरुमात्रै निशानामा पर्नुको प्रमुख कारण के हो भन्दै चित्त बुझ्दो जवाफ दिन अनुरोध समेत गरे ।
भिडियो सहित
यता भक्तपुर अस्पताका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीधर अर्यालले करार कर्मचारीहरुलाई कटौती गर्ने कुरा मन्त्रालयले पठाएको पत्रका आधारमा कटौती गरेको जानकारी दिदै मन्त्रालयले पठाएको पत्रका आधारमा सबै कर्मचारी घर पठाए विभिन्न सेवा बन्द गर्नु पर्ने भएकाले केही कर्मचारीलाई घर नपठाएको प्रतिक्रिया दिए ।
भिडियो सहित
