भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘जिन्दगी’

‘जिन्दगी’

अविरल रहेछ जिन्दगी सधै खोलासरी बग्नुपर्ने
अनिस्थित रहेछ, जिन्दगी आफ्नो मुटुलाई गाँठो पानुपर्ने

बाध्यता रहेछ जिन्दगी, जता मोड्यो उतै मोडिनुपर्ने
आँशु रहेछ जिन्दगी, पीडा बोकी हाँस्नुपर्ने

गिता बुढाथोकी
सन्देशः यदि तपाईं सफल जिन्दगी जिउन चाहनुहुन्छ भने सर्वप्रथम सफलताको परिभाषा बुझेर अघि बढ्नुस । तपाईंको चाहना के हो ? पैसा, मित्र, अथवा मृत्युपछि सबैले प्रशंसा गर्ने जीवन ? उद्देश्य निश्चित गर्नुहोस आफ्नो जिन्दगीमाथि कहिले घोत्लिनु भएको छ ? जीवनमा के बन्छु भन्ने लागेको छ ? जीवनको परिभाषा के हो र यसमा तपाईंको भूमिका के हो ? यसबारेमा कहिल्यै सोच्नु भएको छ ?

ध्यान दिनुहोस्

जिन्दगीको मुख्य लक्ष्य के हो ? आफैंलाई चिन्न थाल्नुहोस् । लक्ष्यमा पुग्न तपाईंले सुरुमा आफैंलाई चिन्नुपर्छ। आफूले कुन क्षेत्रमा राम्रो गर्न सक्छु जस्तो लाग्छ, त्यतातिर समय बिताउनु होस् । त्यसले तपाईंलाई सन्तुष्टि दिनुपर्छ।

सजिलै जीवनयापन गर्न सकिने पनि हुनुपर्छ। काम गर्दा कुनै दिक्दारी नलागोस्, ऊर्जा थपियोस्। सोच्नुहोस्, कुन क्षेत्रमा लाग्दा सफलता पाउन सकिन्छ।

उद्देश्य पत्ता लगाउनुहोस्
आफ्नो जीवनको लक्ष्य तपाईं आफैंले पत्ता लगाउनुपर्छ। अरूको सल्लाह लिन सक्नुहुन्छ तर निर्णय आफैंले लिनुपर्छ।

चुप लागेर नबस्नुस्
हरेक दिन नयाँ कुरा सिक्ने प्रयास गर्नुहोस् । यो अनिवार्य छ। जिज्ञासु बन्नुहोस्। जीवनको लक्ष्य के हो भन्ने थाहा पाएपछि त्यसलाई पूरा गर्न प्रतिबद्ध हुनुहोस् । यस्ता लक्ष्यहरू वर्षैपिच्छे परिवर्तन हुन सक्छन् ।

यो कुनै समस्या हैन, जिन्दगीको अभिन्न अंग हो र सिक्ने मौका पनि । यस्ता परिवर्तन भौतिक सरसुविधादेखि अन्य धेरै कुरामा हुन सक्छ।

उद्देश्य लेख्नुहोस्
आफ्नो उद्देश्यको बारेमा राम्रोसँग सोचविचार गर्नुभयो भने मात्रै त्यसमा तपाईंले सफलता पाउन सक्नुहुन्छ। व्यस्त र तनावयुक्त जिन्दगीले योजनालाई भताभुंग बनाइदिन सक्छ। आफ्नो जीवनको लक्ष्य कागजमा लेख्नुहोस् र त्यसलाई हरेक दिन देखिने ठाउँमा टाँसिदिनुहोस्, जसमा हरेक दिन आँखा परोस्।

सकारात्मक हुनुहोस् योजना सफल भएन भनेर तनाव नलिनुहोस्। असफलतालाई छाडिदिनुहोस्, सफल व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। अरू पनि तपाईंजस्तै, तपाईंले नै गरिरहेको काममा, पहिला असफल भएर पछि सफल भएकाहरू हुन सक्छन्। तिनलाई भेट्नुहोस्। अनुभव सुन्नुहोस्।

असफलतामा अरूलाई दोष दिनुको तुक हुँदैन। असफलताबाट पाठ सिक्नुपर्छ। योजना बनाउनुहोस्, काम गर्नुहोस्। तर, कामबाट नभाग्नुहोस्। आफ्नो उद्देश्यमा दृढ हुनुहोस्। मेहनत गर्नुहोस्मेहनत नगरी सफलता पाइँदैन। यसका साथै दैनिक जीवनलाई पनि ख्याल गर्नुपर्छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ।

हप्तामा ६ दिन खुबै मेहनत गर्नुहोस्, एक दिन आराम गर्नुहोस्। यसले काम र आरामलाई सन्तुलनमा राख्छ। काम र सम्बन्धलाई सन्तुलनमा लिएर हिँड्नुहोस् । अरूको सफलतालाई मात्र नहेर्नुहोस् अहिलेको समयमा सामाजिक सञ्जाल नै सफलताको संकेत जस्तो देखिएको छ।

हरेक सफलता यहाँ प्रतिविम्बित हुन्छ। सामाजिक सञ्जालमा हरेकले आफ्ना राम्रा पक्षहरूलाई मात्र देखाउँछन्। असफलताका संकेतहरू भेट्न मुस्किल हुन्छ, यहाँ। उही लक्ष्य प्राप्त गर्ने सिलसिलामा बारम्बार असफल भएकाहरू तपाईंका लागि ‘रोल मोडल’ बन्न सक्छन्।

 


Thali Mobile Pvt.Ltd.