भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भक्तपुर अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य परिक्षण

भक्तपुर अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य परिक्षण

भक्तपुर । बागमती प्रदेशको उत्कृष्ट अस्पतालका रुपमा परिचित भक्तपुर अस्पतामा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । आज विहान ७ः०० बजे देखि उक्त स्वास्थ्य परीक्षण गर्न लागेको अस्पतालले जनाएको छ ।

राज्यको चौथो अंग जो समाजमा हरदम कुदिरहनु पर्छ उनीहरुको कामलाई मध्यनजर गरी नि:शुल्क स्वास्थ्य परिक्षण गर्न लागिएको अस्पताल प्रशासनले बताएको छ । हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएकाका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।

उनका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा अस्पतालले पत्रकारहरूको निःशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको अध्यक्ष रमण कायस्थले बताए । सम्पूर्ण पत्रकारले आफ्नो स्वास्थ्य जाँच गराउन नेपाल पत्रकार महासंघ भक्तपुरले अनुरोध गरेको छ ।

जचाउन आउदा बिहान पानी र चियासमेत नपिई खाली पेटमा आउन प्रमुख मेडिकल सुपरिटेन्डेन्टले डा. सुमित्रा गौतमले सबैमा आग्रह गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.