भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भक्तपुर अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य परिक्षण

भक्तपुर अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य परिक्षण

भक्तपुर । बागमती प्रदेशको उत्कृष्ट अस्पतालका रुपमा परिचित भक्तपुर अस्पतामा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । आज विहान ७ः०० बजे देखि उक्त स्वास्थ्य परीक्षण गर्न लागेको अस्पतालले जनाएको छ ।

राज्यको चौथो अंग जो समाजमा हरदम कुदिरहनु पर्छ उनीहरुको कामलाई मध्यनजर गरी नि:शुल्क स्वास्थ्य परिक्षण गर्न लागिएको अस्पताल प्रशासनले बताएको छ । हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएकाका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।

उनका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा अस्पतालले पत्रकारहरूको निःशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको अध्यक्ष रमण कायस्थले बताए । सम्पूर्ण पत्रकारले आफ्नो स्वास्थ्य जाँच गराउन नेपाल पत्रकार महासंघ भक्तपुरले अनुरोध गरेको छ ।

जचाउन आउदा बिहान पानी र चियासमेत नपिई खाली पेटमा आउन प्रमुख मेडिकल सुपरिटेन्डेन्टले डा. सुमित्रा गौतमले सबैमा आग्रह गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.