भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर क्षेत्र नम्बर–२ को जारी मतगणनामा कांग्रेसका दुर्लभ थापा अगाडि

भक्तपुर क्षेत्र नम्बर–२ को जारी मतगणनामा  कांग्रेसका दुर्लभ थापा अगाडि

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ को मतगणना जारी छ । नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा अगाडि देखिएका छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत रहेका छन् । यहाँ कांग्रेसले आग्रता थप फराकिलो बनाएको छ । १५ हजार मतगणना हुंदा ६ सय ७५ मतान्तरले महेश पछि पारेका हुुन् ।

थापाले ६ हजार १ सय ८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका महेश बस्नेतले ५ हजार ५ सय ९० मत पाएका छन । क्षेत्र नम्बर २ मा ६५ हजार ९ सय १९ मत खसेको छ ।

हालसम्म आदर्श जनप्रेमी स्कुल, कटुन्जे वडा कार्यालय, लोकन्थली, नङखेल, सिरूटार, सिपाडोल लगायतका स्थानको मतगणना भएको निर्वाचन अधिकृतले बताएका छन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक चौथो स्थानमा छन् ।

 


Thali Mobile Pvt.Ltd.