भक्तपुर जिल्लामा १ लाख ४३ हजार ६ सय २३ जनाले मतदान गरे

भक्तपुर जिल्लामा १ लाख ४३ हजार ६ सय २३ जनाले मतदान गरे

भक्तपुर । स्थानीय तह निर्वाचन २०७९ को मदान कार्य सम्पन्न भएको छ । शुक्रबार विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साझ ५ बजे सकिएको हो । भक्तपुरका ४ स्थानीय तहहरु मध्ये भक्तपुर नगरपालिकामा ४३ हजार ३ सय ७४ मत खशेको छ । ५७ हजार २ सय ७० मतदाता रहेको भक्तपुर नगरपालिकामा ४३ हजार ३ सय ७४ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

२७ हजार ६ सय ५६ पुरुष मतदाता मध्य २१ हजार ४ सय ३५ मतदाताले मतदान गरेका छन् भने २९ हजार ६ सय १४ महिला मतदाता मध्ये २१ हजार ९ सय २९ मतदाताले मतदान गरेका छन् । त्यसैगरि चाँगुनारायण नगरपालिकामा ३३ हजार २ सय ८८ मतदाताले मतदान गरेका छन् । यस नगरपालिमा रहेका ४३ हजार १ सय ५ मतदाता मध्य ३३ हजार २ सय ८८ मतदाताले मतदान गरेको निर्वाचन कार्यालले जनाएको छ । यस मध्ये १६ हजार २ सय २३ पुरुष र १७ हजार ६५ महिला रहेका छन् ।

भक्तपुरकै सूर्य विनायक नगरपालिकामा ३५ हजार ५ सय ५१ मत खशेको छ । जम्मा ४७ हजार २ सय ६५ मतदाता मध्य ३५ हजार ५ सय ५१ मतदाताले मतदान गरेका हुन । यस नगरपालिकामा १७ हजार ३ सय ७७ पुरुष र १८ हजार १ सय ७४ महिलाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरको प्रारम्भिक तथ्याकं रहेको छ ।

मध्यपुर थिमि नगरपालकामा १५ हजार ८ सय ५ पुरुष र १५ हजार ६ सय ३ महिला गरी जम्मा ३१ हजार ४ सय १० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । भक्तपुर जिल्लामा तेस्रो लिङ्गी ४ जनाले मतदान गरेका छन् । २ सय १९ मतदान केन्द्र रहेको भक्तपुर जिल्लामा कुल १ लाख ४३ हजार ६ सय २३ जनाले मतदान गरेका छन् । १ लाख ८९ हजार ५ सय ८४ मतदाता रहेको भक्तपुर जिल्लामा १ लाख ४३ हजार ६ सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.