शनिबार विहान ७ बजेदेखि भक्तपुर नगरपालिको मतगणना हुने

शनिबार विहान ७ बजेदेखि भक्तपुर नगरपालिको मतगणना  हुने

भक्तपुर । भक्तपुर नगरपालिकाको मतगणना शनिबार विहान ७ बजेदेखि हुने भएको छ । शुक्रबार विहान ७ बजेदेखि सुरु भएको मतदान साझ ५ बजे सकिएसंगै बसेको सर्वदलिय बैठकले मतगणना शनिबार विहान ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले कैलाश खबरलाई जानकारी दिनुभएको हो ।

यसपटकको निर्वाचनमा भक्तपुर नगरपालिकामा ४३ हजार ३ सय ७४ मत खशेको छ । ५७ हजार २ सय ७० मतदाता रहेको भक्तपुर नगरपालिकामा ४३ हजार ३ सय ७४ मत खसेको र २७ हजार ६ सय ५६ पुरुष मतदाता मध्य २१ हजार ४ सय ३५ मतदाताले मतदान गरेका छन् भने २९ हजार ६ सय १४ महिला मतदाता मध्ये २१ हजार ९ सय २९ मतदाताले मतदान गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.