भत्ता दे सरकार भन्दै स्वास्थ्यकर्मी आन्दोलित

भत्ता दे सरकार भन्दै स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौं । स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै स्वास्थ्यकर्मीहरू भत्ता आन्दोलनमा उत्रिएका छन् ।

जोखिम भत्ताका लागि सरकारलाई पटक–पटक आग्रह गर्दासमेत सुनुवाइ नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरी भत्ताको माग गरेका हुन् ।

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र सुरक्षित वातावरण समेत नभएको, प्रोत्साहन भत्ता अहिलेसम्म नदिएको, प्रतिबद्धता समेत नजनाएको स्वास्थ्यकर्मीको भनाइ छ ।

जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने कुराहरू उठाउँदा पनि सरकारले बेवास्ता गरेको नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा लोचन कार्कीले बताए । भत्ता माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा कार्कीले बताए ।

 

Mohotsav


Thali Mobile Pvt.Ltd.