भन्सार कर बढदा नेपाली उद्योगहरु मारमा

भन्सार कर बढदा नेपाली उद्योगहरु मारमा

काठमडौं । भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेका कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका छन् ।

भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको उद्योगीहरु बताउछन।

चामल उद्योगी सुरेश रुगङ्टाले चामल र धानमा लगाइएको भन्सार शुल्कले उद्योगी भन्दा प्रत्यक्ष रूपमा उपभोक्ता बढी मारमा पर्न सक्ने बताए

। अध्यक्ष गुप्ताले चामल मिल बन्द हुने अवस्थामा पुग्न सक्नेतर्फ अवगत गराउँदै यसको समाधानका लागि नेपाल सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

नेपालले भारतबाट वार्षिक ७ ८ अर्ब बढीको चामल आयात गर्दै आएको छ । गत वर्ष मात्रै भारतबाट नेपालमा साढे ५ लाख मेट्रिकटन धान, ५ लाख २० हजार मेट्रिकटन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको तथ्यांक छ ।

देशभर करीब २ हजार ५०० चामल उद्योग छन्, जसमध्ये आधा जति बन्द अवस्थामा छन् । रहेका उद्योगले विभिन्न कारणले शतप्रतिशत क्षमतामा चल्न सकेका छैनन् ।

नेपालका उद्योगले ४० प्रतिशत चामल उत्पादन गर्दै आएका छन् । बाँकी चामलका लागि भारतमाथि निर्भर हुनुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.