‘भविष्य यसरी सिध्याए’

‘भविष्य यसरी सिध्याए’

काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा अरुको राजनीतिक भविष्य सिध्याइदिने धम्की दिनेकै बिजोग भएको बताएका छन् ।

आइतबार काभ्रेमा समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले फ्लोर क्रसको बचाउ गरेका हुन् । शुक्रबार कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए ।

नेकपा एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मत दिन ह्वीप लगाए पनि सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए । केपी ओलीको दम्भले पहिलो धक्का भने नेपाल पत्रकार महासंघको निर्वाचनमा खाएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.