भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

खेलकुदमन्त्री दावा तामाङ भक्तपुर नगरपालिकामा

खेलकुदमन्त्री दावा तामाङ भक्तपुर नगरपालिकामा

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री दावा तामाङबीच शनिबार नगरपालिकाको सभाकक्षमा भेट भयो । नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको मौलिक भादगाउँले टोपी लगाइ नगरपालिकामा स्वागत गर्नुभएको थियो । भेटका क्रममा उहाँहरुबीच नेपालमा खेलकुद क्षेत्रको विकास, सम्भाव्यता, चुनौती र भक्तपुरस्थित माहेश्वरी तथा सहिद स्मृति खेलमैदानको स्तरोन्नति गर्ने विषयमा छलफल भयो ।

भेटमा प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विशेषताबारे अवगत गराउनुहुँदै भक्तपुर नपालाई खेलकुद क्षेत्रमा अगाडि बढाउन नगरपालिका क्रियाशील रहेको र नगरपालिका आफैले विभिन्न खेलको प्रशिक्षण, प्रत्येक वर्ष अन्तरनगर तथा विद्यालयस्तरीय प्रतियोगिता आदि सञ्चालन गर्दै खेलाडीहरुलाई उत्साहित पार्ने गतिविधिमा जोड दिँदै आएको बताउनुभयो । उहाँले मन्त्रीहरु स्थानीय तहहरुमा प्रत्यक्ष पुगेर त्यहाँको आवश्यकतालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा राम्रो हुने बताउनुभयो ।

भक्तपुरमा खेलमैदानको उचित व्यवस्था हुन नसक्दा खेलकुदले राम्रो फड्को मार्न सकेको बताउनुहुँदै उहाँले भक्तपुर नपाभित्र अवस्थित माहेश्वरी र सहिद स्मृति खेलमैदान जग्गा स्वामित्वका कारण अगाडि बढाउन समस्या भइरहेको जानकारी दिनुभयो । उहाँले खेलमैदानको व्यवस्थासँगै भक्तपुरको खेलकुद क्षेत्र विकास स्वतःस्फूर्त ढंगले हुने आशा व्यक्त गर्नुुहुँदै भक्तपुर नपाले व्यवस्थित र योजनाबद्ध ढंगले खेलकुद गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभयो ।

भेटमा मन्त्री तामाङले सांस्कृतिक नगर भक्तपुरको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै भक्तपुरमा खेलकुद क्षेत्र विकासको निम्ति सहकार्य गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । भक्तपुरको खेलमैदानको जग्गा स्वामित्वबारे आवश्यक समन्वयको खाँचो रहेको बताउनुहुँदै उहाँले खेलकुद क्षेत्र विकासको निम्ति पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नेपालमा खेलकुदको समग्र विकासका सम्भावनाहरुबारे अवगत गराउनुहुँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतमा गरेको रुपान्तरणमा नेमकिपाको ठूलो भूमिका रहेको र नेमकिपा विचार र सिद्धान्तमा प्रतिबद्ध पार्टी भएको बताउनुभयो ।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरु मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.