भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भागरथीको हत्यामासंलग्न भन्दै एक युवक पक्राउ

भागरथीको हत्यामासंलग्न भन्दै एक युवक पक्राउ

बैतडी । १७ वर्षिया युवती भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घटना भएको १३औँ दिनपछि पक्राउ परेका ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।

सनातन धर्म माध्यमिक विद्यालयमा नै अध्ययनरत ती व्यक्ति रहेको प्रहरीले जनाएको छ । सोही स्कुलमा दोगडाकेदार गाउँपालिका ७ की भागरथी भट्ट कक्षा १२ मा अध्ययनरत थिइन् । प्रारम्भीक अनुसन्धानमा नै पक्राउ परेका ती युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको भनाई छ ।

जिप्रका बैतडीको हिरासतमा राखिएका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ । भागरथी माघ २१ गते बेलुकासम्म बिद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा क्षतविक्षत अवस्थामा भेटिएको थियो । शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.