भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

भागरथी र निर्मला पन्तलगायतलाई न्याय दिलाउन नेपाल महिला संघकाे विरोध सभा

भागरथी र निर्मला पन्तलगायतलाई न्याय दिलाउन नेपाल महिला संघकाे विरोध सभा

काठमाडौं । हत्या, हिंसा, लटपाट र बलत्कार विरुद्ध नेपाल महिला संघले आज विशाल प्रदर्शन गर्न लागेको छ ।

निर्मला पन्तलाई बलात्कार पछि हत्या भएको तीन वर्ष पुगिसक्दा पनि अहिले सम्म हत्यारा पत्ता नलाग्नु सरकारले निरिहता प्रदर्शन गरिरहेको भन्दै आज शान्तिबाटिकामा संघले विशाल सभा गर्न लागेको हो । बलात्कार पछि हत्या गरिएका नारीहरुलाई न्याय दिलाउनको सबै महिला एकजुट भएर हत्यारालाई फासीको सजाय दिलाउन भन्दै हातमा हात र साथमा साथ दिन अनुरोध संघले गरेको छ ।

आज सबै न्यायका निम्ति रत्नपार्कमा हुने विशाल सभामा सहभागी भइदिन पनि नेपाल महिला संघले सबैमा हार्दिक अनुरोध गरेको छ । सभा दिउसो १ बजे र त्यसभन्दा पहिले उपत्यकाका सबै क्षेत्रबाट जुलुश प्रदर्शन हुने नेपाल महिला संघ भक्तपुर जिल्ला सभापति सरु बानियाँले जानकारी दिदै असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदमका विरूद्ध शान्ति वाटिका रत्नपार्कमा सहभागी बन्न समेत अनुरोध गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.