भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

भारतबाट नेपालमा अक्सिजन ग्यास भित्रियो

भारतबाट नेपालमा अक्सिजन ग्यास भित्रियो

विरगञ्ज । दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच वटा बुलेट नेपाल भित्र्याएका छन् । काठमाडौँको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् ।

उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार वटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू , दोस्रोमा चार हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।

एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरिद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ । भारतबाट नेपाल भित्रिँदा एउटा बुलेटमा प्रवेश शुल्क रु ५६५ लाग्ने गर्छ । नेपाल–भारत दुवै देशका अधिकारीले सहमति दिएपछि

उद्योगीहरुले अक्सिजन ग्यासको बुलेट नेपालमा ल्याउन शुरु गरेको भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् । हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएर बिरामीहरु अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरुले भारतबाट अक्सिजन ग्यास ल्याउने गरेका हुन् ।

पर्सा जिल्लामा रहेका तीन वटा अक्सिजन उद्योगले आफैँ ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्विड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने विज्ञहरु बताउछन् ।

 


Thali Mobile Pvt.Ltd.