भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भारतमा तीन जना नेपालीको ज्यान गयो

भारतमा तीन जना नेपालीको ज्यान गयो

काठमाण्डौ । पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ । भारतको सिमला ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको हो ।

उनीहरु घर माथिबाट आएको पहिरोमा परेको जनाइएको छ । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका छन् । ज्यान गुमाएकाको शव नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । श्रीमती र दुई छोरा एक महिना अघि मात्रै भारत गएका थिए ।

 


Thali Mobile Pvt.Ltd.