भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

रोगले गोरु थला परेपछि हाते ट्रयाक्टर वितरण

रोगले गोरु थला परेपछि हाते ट्रयाक्टर वितरण

सोलुखुम्बु । अनुदानमा हाते ट्रयाक्टर (मिनिटिलर) वितरण गरेको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले किसान तथा कृषि समूहलाई
लम्पी स्किन रोगले रोपाइँको काम नै प्रभावित भएपछि किसानलाई हाते ट्रयाक्टर वितरण गरेको हो ।

६८ हजार रुपैयाँ मूल्य बराबरको हाते ट्र्याक्टरमा गाउँपालिका र किसानको समान ३४ हजार रुपैयाँ लागत साझेदारी छ । लम्पी स्किनका कारण मुख्य धानबाली हुने क्षेत्र नेचासल्यानमा अझै रोपाइँ हुन सकेको छैन ।

लम्पी स्किन रोगका कारण सोलुखुम्बुमा अहिलेसम्म २६ वटा गाईगोरु मरेका तथ्याङ्क छ । एक हजारभन्दा धेरै सङ्क्रमित छन् । यो रोग सोलुखुम्बुसहित देशका ७६ जिल्लामा फैलिएको छ ।

रोगको सङ्क्रमणका कारण गोरु थला परेपछि अहिले रोपाइँ प्रभावित भएको र ट्रक्टरबाट रोपाइँ सहज हुने गाउँपालिकाले जनाएको छ । किसान तथा समूहलाई ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्रयाक्टर वितरण गरेको कृषि शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.