भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

भारतले रोक्यो बिजुली आपूर्ति

भारतले रोक्यो बिजुली आपूर्ति

काठमाडौं । नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत् किनिरहेको बिजुली आपूर्ति रोकिदिएको छ । अहिले भारतमा बिजुली निकै महँगो भएको र बोलकबोलमा प्रतिस्पर्धा गर्न नसक्दा बिजुली आपूर्ति रोकिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

प्राधिकरणले मंगलबार राति १२ बजेदेखि बुधबार राति १२ बजेसम्मका लागि बिजुली किन्न बोलकबोलमार्फत प्रतिस्पर्धा गरेको थियो । तर नेपालले कबोलेको रकमभन्दा बढी मूल्य पुगेपछि बिजुली नपाएको हो ।

नेपालले अहिले भारतबाट दैनिक साढे ४ सय मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ । आईईएक्समा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनमा ९६ वटा फरक–फरक मूल्य युनिटका लागि प्रतिस्पर्धा गर्नुपर्छ ।

नेपालले बुधबार दिनभरीका लागि गरेको बोलकबोलभन्दा भारतीय बजारमा बिजुलीको मूल्य बढी भएपछि नपाएको हो ।

 


Thali Mobile Pvt.Ltd.