भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतले रोक्यो बिजुली आपूर्ति

भारतले रोक्यो बिजुली आपूर्ति

काठमाडौं । नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत् किनिरहेको बिजुली आपूर्ति रोकिदिएको छ । अहिले भारतमा बिजुली निकै महँगो भएको र बोलकबोलमा प्रतिस्पर्धा गर्न नसक्दा बिजुली आपूर्ति रोकिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

प्राधिकरणले मंगलबार राति १२ बजेदेखि बुधबार राति १२ बजेसम्मका लागि बिजुली किन्न बोलकबोलमार्फत प्रतिस्पर्धा गरेको थियो । तर नेपालले कबोलेको रकमभन्दा बढी मूल्य पुगेपछि बिजुली नपाएको हो ।

नेपालले अहिले भारतबाट दैनिक साढे ४ सय मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ । आईईएक्समा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनमा ९६ वटा फरक–फरक मूल्य युनिटका लागि प्रतिस्पर्धा गर्नुपर्छ ।

नेपालले बुधबार दिनभरीका लागि गरेको बोलकबोलभन्दा भारतीय बजारमा बिजुलीको मूल्य बढी भएपछि नपाएको हो ।

 


Thali Mobile Pvt.Ltd.