भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतीयले नेपाली ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको पुष्टि

भारतीयले नेपाली ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको पुष्टि

२२ असार २०७७ धनुषा । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको भारतीयले बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । हत्यामा संलग्न एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह पक्राउ परेका हुन ।

उनले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए । गत शुक्रबार भैंसी चराउन गएकी ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि १ किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डष्ट्रिजमा ५ महिनायता काम गर्दै आएका भारतीयले आँपको प्रलोभन देखाएर करणी गरेको बुझिएको छ ।

सिंहले आँप दिने प्रलोभन देखाइ ललाइफकाइ इन्डष्ट्रिजको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ । हत्यापछि सिंहले बालिकालाई ब्ल्यांकेटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेको बताए । सिंहलाइ थप अनुसन्धान गरेर कडा कारबाही गरिने प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.