भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

भारतीय औषधि सेवन गर्दा ६६ बच्चाको मृत्यु, डब्ल्यूएचओले दियो चेतावनीको

भारतीय औषधि सेवन गर्दा ६६ बच्चाको मृत्यु, डब्ल्यूएचओले दियो चेतावनीको

काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुखा–खोकीको औषधि प्रयोग गर्दा ६६ जना बच्चाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तत्कालै विज्ञप्ती जारी गर्दै उक्त कम्पनीको औषधी सेवन नगर्न सुझाव दिदै कम्पनीलाई चेतावनी दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको हो ।

घटनामा त्यही औषधि नै मुख्य कारण भएको डब्ल्यूएचओले जनाएको छ । बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा खोकी)को औषधि उत्पादन गरेको ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ ।

मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’ अगाडि भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ ।

डब्ल्यूएचओले यसको जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्छ ।’

डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ । डब्ल्यूएचओका अनुसार ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन ।

 


Thali Mobile Pvt.Ltd.