भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

विमानस्थलबाटै सन्दीप पक्राउ, प्रहरीले गौशाला वृत्त लग्यो

विमानस्थलबाटै सन्दीप पक्राउ, प्रहरीले गौशाला वृत्त लग्यो

काठमाडौं । क्रिकेट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । उनी विमानबाट ओर्लिएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान ढिला अवतरण भएको थियो ।

दोहाबाट काठमाडौं सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को लगाएको थियो । विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कार गरको जाहेरी दिएकी थिइन् ।

आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

विमानस्थलबाटै पक्राउ गरेको प्रहरीले वृत्त, गौशालामा लगेको छ । आजै उनको मेडिकल चेकजाँच हुने प्रहरीले बताएको छ । अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ ।

भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ ।

 


Thali Mobile Pvt.Ltd.