भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतीय हस्तक्षेपविरूद्व नेमकिपाकाे आठबीसमा विराेध प्रदर्शन

भारतीय हस्तक्षेपविरूद्व नेमकिपाकाे आठबीसमा विराेध प्रदर्शन

कमल दैलेखी, राकम। कालापानी र लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल भर त्यसको विरोध प्रदर्शन भैरहेको छ । काठमाडौ, पोखरा विराटनगरलगायत देशका ठूला, साना सहर देखि गाँउ गाँउ सम्म विरोध प्रदर्शन जारी छन् ।

यसैबीच नेपाल मजदुर किसान पार्टीले दैलेखको आठबीस नगरपालिका राकमकर्णाली दैलेखमा भारतीय हस्तक्षेपका विरुद्ध नारावाजी गर्दै जुलुश प्रदर्शन र विरोध सभा सम्पन्न गरेको छ । सभालाई संवोधन गर्दै नेमकिपाका केन्द्रीय सदस्य बजीरसिह विकले भारतीय हस्तक्षेप नेपालीलाई स्वीकार्य नभएको बताएका छन् ।

भारतीय दादागिरी विरुद्ध देशभक्त नागरिकहरु सार्वभौमसत्ता जोगाउन एकजुट हुनु पर्ने भन्दै विकले नेपाल सरकारले तत्काल यो समस्या कुटनैतिक तवरबाट समाधान खोज्नु पर्ने बताए । विरोध सभामा बोल्दै नेमकिपा आठबीस नगर समितिका अध्यक्ष कल बहादुर सिजापतिले देश विरुद्ध गद्धारी गर्नेहरुलाई समयमै चिन्नु पर्ने बताए ।

सभामा नेक्राविसंघ पूर्व केन्द्रीय सदस्य जनक माझीले सार्वभौमिक अखण्डता जोगाउन सबै एकजुट भएर भारतीय हस्तक्षेप विरुद्ध लड्नु पर्ने बताए । नगर समितिका सह सचिव टिकाराम कठायतले संचालन गरेको विरोध सभामा नगरवासीको उल्यख्य सहभागिता रहेको थियो ।

विरोधसभामा बोल्ने अधिकांस नेमकिपाका नेताहरुले भारतीय पक्षसँगको अनावश्यक हिमचिम रोकिनुपर्ने र योग्य टोली बनाएर भारतसँग उच्च तहको वार्ता गर्न पनि सरकारलाई सुझाव दिएका थिए।

 


Thali Mobile Pvt.Ltd.