भर्खरै : Sorry, your browser does not support inline SVG.
सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही |

भारतीय हस्तक्षेप विरुद्ध नेपाली लड्नु पर्छ : थापा

भारतीय हस्तक्षेप विरुद्ध नेपाली लड्नु पर्छ : थापा

बाजुरा । भूमि माथिको हस्तक्षेप स्वीकार्य नभएको भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गर्ने बाहनामा नेपाली भूमिमाथिको हस्तक्षेप स्वीकार्य नभएको नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताएका छन् । बाजुरा पुगेका थापाले युद्ध स्वीकार्ने तर भूमि नछोड्ने चेतावनी दिए। नेपालको भूमि माथिको कुनै पनि हस्तक्षेप र सैन्य दादागिरी बहादुर नेपालीका लागि स्वीकार्य नहुने घोषणा गरे।

नेपाली जनता सेनाका रुपमा रुपान्तरण भएरै भएपनि सिमा सुरक्षा गर्नु पर्ने भन्दै कुनै इतिहासका कालखण्डमा नझुकेको र कसैको पराधिनमा नबसेको देशलाई सैन्य बल देखाएर भारत विरुद्ध युद्ध नै स्वीकार्य हुने धारणा राखे ।

थापाले देशको शान्ति सुरक्षा र सामाजिक सुशासनमा नेपाल प्रहरीको भूमिका अब्बल भएको र मदिरा सेवनकै नाममा पनि समाजमा अशान्त पार्ने कार्य गरिए कारवाही गर्न प्रहरीलाई आग्रह गरेका छन्। बाजुराको शान्ति सुरक्षाको प्रंशसा गर्दै थापाले कुनै दलको नेता कार्यकर्ताको सिफारिस फोन आए कुनै वास्ता नगर्न भन्दै त्यसमा साथ रहने बताए।

 


Thali Mobile Pvt.Ltd.