भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले यसो भने ….

भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले यसो भने ….

काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल शनिबार साँझ काठमाडौ फर्किएका हुन । प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

जेठ १८ गते प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । सोही दिन नेपाल र भारतका बीचमा ७ बुँदे सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलबिद्युत भारतमा निर्यात गर्ने बिषयलाई प्राथमिकता दिएको थियो । भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेघावाट विजुली खरिद गर्ने जनाएको छ ।

द्धिपक्षीय प्रतिनिधिमण्डलबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्रीले पहिलो पटक सीमा विवादका बारे बोल्दै समस्या हल गर्ने बताए । बिहीबार नै प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मूर्मूसंँग शिष्टाचार भेट गरेका थिए । विगतमा थाँति रहेका विषयहरुलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

भ्रमणको तेस्रो दिन जेठ १९ गते प्रधानमन्त्री दाहालले महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजाअर्चना गरेका थिए । प्रधानमन्त्री दाहाल शुक्रबार आफ्नो सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.