चितवन । भाले गैँडा चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा २५–३० वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर मृत्यु भएको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा तीन वटा भाले गैँडा मरेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
