भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

काठमाडौँ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको जानकारी दिए। अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए ।

कोभिड–१० को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ । उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । काठमाडौँ जिप्रकाले अहिले पनि कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमबार हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रणम नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहको छ । निषेधाज्ञाका बेलामा पनि ठाउँठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनैपूर्णिमाका दिन विभिन्न शक्तिपिठमा मानिसको भिड थियो ।

 


Thali Mobile Pvt.Ltd.