भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भिलेज हाइल्याण्ड रिर्सोट हानद्धारा सम्मानित

भिलेज हाइल्याण्ड रिर्सोट हानद्धारा सम्मानित

भक्तपुर । होटल एसोसिएसन नेपाल (हान)ले एक कार्यक्रमकाबीच भिलेज हाइल्याण्ड रिर्सोटलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका पर्यटन निकायहरुसंग सहकार्य गर्दै नेपालमा पर्यटन प्रवद्धन गर्नका लागि अग्रसर रहेका होटल तथा रिर्सोटहरुलाई सम्मानित गर्दै आएको छ ।

होटल एसोसिएसन नेपाल (हान)ले स्तरीय खाने बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा सम्मेलनको उच्च स्तरीय सेवा प्रदान गर्दै आएका रिर्सोट तथा होटलहरुलाई यस्तो अवसर दिदै आएको छ । नेपाली रैथाने खाना पस्कने होटल तथा रिर्सोटहरु पहिलो प्राथमिक्तामा रहेका छन् ।

होटल एसोसिएसन नेपाल (हान) नेपालका ३०० भन्दा बढी होटल, रिसोर्ट र गेस्टहाउसहरूको प्रतिनिधित्व गर्ने आतिथ्य उद्योगको अग्रणी प्रतिनिधि संस्था हो । नेपालका होटल व्यवसायीहरूको आधिकारिक आवाज बोल्ने सस्थाका रुपमा रहेको हान, जसले व्यवसायिक हक हितको रक्षा गर्दछ । यसमा आवद्ध सदस्यहरू बीच एकता र सहयोगलाई बढावा दिदै पर्यटन क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ ।

होटल भादगाउँमा एक कार्यक्रमकाबीच BREATHAKING BHAKTAPUR पुस्तक सार्वजनिकरण गरिएको छ । हानका अध्यक्ष विनय शाह र हानका भक्तपुर अध्यक्ष सत्यराम सुवालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन ।
कार्यक्रममा होटल भादगाउँ पनि सम्मानित भएको छ । हानले स्थानीय सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधिसंगै भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्यहरुको भ्रमण पनि गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.