भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भिलेज हाइल्याण्ड रिर्सोट हानद्धारा सम्मानित

भिलेज हाइल्याण्ड रिर्सोट हानद्धारा सम्मानित

भक्तपुर । होटल एसोसिएसन नेपाल (हान)ले एक कार्यक्रमकाबीच भिलेज हाइल्याण्ड रिर्सोटलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका पर्यटन निकायहरुसंग सहकार्य गर्दै नेपालमा पर्यटन प्रवद्धन गर्नका लागि अग्रसर रहेका होटल तथा रिर्सोटहरुलाई सम्मानित गर्दै आएको छ ।

होटल एसोसिएसन नेपाल (हान)ले स्तरीय खाने बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा सम्मेलनको उच्च स्तरीय सेवा प्रदान गर्दै आएका रिर्सोट तथा होटलहरुलाई यस्तो अवसर दिदै आएको छ । नेपाली रैथाने खाना पस्कने होटल तथा रिर्सोटहरु पहिलो प्राथमिक्तामा रहेका छन् ।

होटल एसोसिएसन नेपाल (हान) नेपालका ३०० भन्दा बढी होटल, रिसोर्ट र गेस्टहाउसहरूको प्रतिनिधित्व गर्ने आतिथ्य उद्योगको अग्रणी प्रतिनिधि संस्था हो । नेपालका होटल व्यवसायीहरूको आधिकारिक आवाज बोल्ने सस्थाका रुपमा रहेको हान, जसले व्यवसायिक हक हितको रक्षा गर्दछ । यसमा आवद्ध सदस्यहरू बीच एकता र सहयोगलाई बढावा दिदै पर्यटन क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ ।

होटल भादगाउँमा एक कार्यक्रमकाबीच BREATHAKING BHAKTAPUR पुस्तक सार्वजनिकरण गरिएको छ । हानका अध्यक्ष विनय शाह र हानका भक्तपुर अध्यक्ष सत्यराम सुवालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन ।
कार्यक्रममा होटल भादगाउँ पनि सम्मानित भएको छ । हानले स्थानीय सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधिसंगै भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्यहरुको भ्रमण पनि गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.