भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौ । वर्षातको मौसममा हुनसक्ने दुर्घटनाबाट बच्च बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुनसरी, मोरङ र सप्तरीमा ठूलो वर्षा भइरहेकाले सजग रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको जनाएको छ ।

सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटरभन्दा धेरै पानी परेको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ ।

बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सप्तरीको बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद्ले जनाएका छन् । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।

 


Thali Mobile Pvt.Ltd.