काठमाडौं । भिजिट भिसाको नाममा रकम ठगी गर्ने दलाललाई कारबाही गर्न मार्सल टिम गठन गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन गरिएको हो।
सीआईबीका डीएसपीको नेतृत्वमा मार्सल टिम हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिनअघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले
पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योजना पहिल्याउन समिति बनाएको थियो। समितिले भिजिट भिसाको नाममा रकम मागेको पहिचान भएका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध समेत गरेको छ।
